ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माप्यदुधकोशी गाउँपालिकामा प्रचण्ड–माधव समूहमा बलियो

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन प्रचण्ड–माधव समूहमा एकढिक्का भएको छ । गाउँपालिका कमिटीको आयोजनामा बुधबार सम्पन्न बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भएको उपस्तिथिले गाउँपालिकामा भएका अधिकांस प्रचण्ड–माधव समुहमा रहेको बताएका छन् ।


जिल्ला अध्यक्ष मानबीर राई ओलि समूहका भएपनि उनको प्रभाव गाउँपालिकामा निकै कम्जोर देखिएको छ । राई ओली समूहका केन्द्रीय सदस्य पनि हुन । राईसहित पांच जनालाई ओलीले सोलुखुम्बुबाट केन्द्रीय सदस्य मनोनयन गरेका थिए । तर केन्द्रीय सदस्य राइको भन्दा माप्यमा हाल गाउँपालिका अध्यक्ष रहेका बुद्धिकिरण राइको पकड बलियो रहेको यो भेलाले पुष्टि गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि २८ कार्यकर्ता नेकपा प्रवेश गरेको नेकपा माप्यदुधकोशी गाउँपालिका कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *