ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ भर्ने सबैलाई केबलकारमा २५ प्रतिशत छुट

माघ १ काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ भर्नेलाई चन्द्रागिरीकेबलकारमा २५ प्रतिशत छुट पाउने भएको छ ।

कम्पनीको ११ औँ वार्षिक साधारणसभाले स्थानीय तथा सर्वसाधारणका लागि खुलाएको आईपीओमा आवेदन दिने सबैलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरेको छ ।

चन्द्रागिरिको आईपीओमा उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाइएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकको सम्मानगर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए । स्थानीय तथा सर्वसाधारणका लागि खुलाइएको आईपीमा १२ लाख ५६ हजार ७४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । यो योजना यही माघ ५ देखि १ वर्षसम्मका लागि मान्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *