ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

सम्बृद्धि ल्याउने सरकारको बजेट खर्च १४ प्रतिशत मात्रै,

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

माघ १, काठमाडौं । सधै राजनीतिक अस्थिरताका कारण पूँजी गत खर्च हुन नसक्दा देशको विकास हुन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी सरकार र आर्थिक सम्बृद्धिको नारा लिएर २०७४ मा जनतासँग भोट मागेका थिए । सोहि अनुरुप झण्डै दुई तिहाई हाराहारीको मत पाएर प्रधानमन्त्रीको बागडोर सम्हालेको तीन बर्ष तीन बर्ष पुग्नै लागेको छ । ओली नेतृत्वको सरकारले ३ वटा बजेट ल्याएको छ । तर तीनै बजेटको पूँजी गत खर्चको अवस्था हेर्ने हो भने निरासा जनक रहेको छ ।


गएका दुई वटा बजेटमा ८० प्रतिशत हाराहारीमा पूँजी गतग खर्च भएको दावी गरेपनि व्यवहारत विकास निमार्णका काममा कुनै ठूलो परिवर्तन भएको देखिएको छैन् । २४ वटा राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न हुन त परको कुरा भौतिक प्रगति पनि सन्तोष जनक हुन सकेन् ।

चालु आर्थिक बर्षमा सरकारले कुल बजेटको एक चौथाई हाराहारी बजेट पूँजीगत तर्फ छुट्याईएको थियो । त्यसको पनि १४ प्रतिशत मात्रै खर्च भएको छ । सरकाले ल्याएको १४ खर्ब ७४ अर्ब ७४ करोड मध्य पूजी गत तर्फ ३ खर्ब ५२ अर्ब मात्रै विनियोजन गरेको थियो । जसम मध्य पहिलो ६ महिनामा ५० अर्ब ८१ करोड रुपैयाँ भएको छ । जुन विनियोजित बजेटको १४.४ प्रतिशत मात्रै हो । यो खर्च पछिल्ला बर्षहरुको सबै भन्दा कम हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजिगत खर्च १५.४८ प्रतिशत भएको थियो ।

विकास बजेट अर्थात पूँजी गत खर्च चालु १४ प्रतिशत मात्रै भएपनि साधारण खर्च भने ३६ प्रतिशत नाघेको छ । सधारण अर्थात चालुतर्फ छु्टयाईएको ९ खर्ब ४८ अर्ब ९४ करोड मध्य हाल सम्म ३ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ । जुन विनियोजित बजेटको ३६.०८ प्रतिशत हो । पहिलो ६ महिनामा कुल सरकारी खर्च भने २८.१९ प्रतिशत पुगेको छ ।


विकास बजेट खर्च गर्न नसकेपनि राजस्व संकलनमा भने यो वर्ष सरकारले अपेक्षित लक्ष्य भेटाइरहेको छ । खासगरी कोरोनाले थलिएका धेरैजसो उद्योग व्यवसाय पूर्ववतः अवस्थामा फर्केको र आयात समेत ठूलो कमी नआएका कारण राजस्व संकलनमा असर गरेको छैन । पुस मसान्त चालु आर्थिक वर्षको आयकरको पहिलो किस्ता बुझाउने अन्तिम दिन थियो । यो एकै दिनमा ३३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा राजस्व संकलन ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्वको लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *