काेराेना अपडेटः गत २४ घण्टामा देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, माङ १ । गत चौबीस घणंटामा देशभर ४सय ३जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३२ वटा कोरोना परीक्षणमा उपत्यकामा मात्र २ सय ४६ जना सहित देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर कोरोना पुष्टि हुने संख्या २ लाख ६६ हजार ५ सय ४६ जना रहेका छन् । कोरोनाका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय ४३ रहेको छ ।
गत चौबीस घण्टामा देशभरबाट ४ सय ५ जना निको भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या ९७ दशमलव ६ प्रतिशत रहेको छ । देशभर क्वारेन्टिनमा २ सय ३१ जना र संक्रिय संक्रमित ४ हजार ४ सय २६ जना रहेका छन् ।
हाल देशभरका विभिन्न अस्पतालहरुमा आसियुमा उपचारत १ सय ५२ जना र भेन्टिलेटरमा ३३ जना रहेका छन् ।