ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साँडे विचको जुधाई नुवाकोट लगायतका स्थानमा जारी

माघ १, नुवाकोट

प्रत्येक वर्षको माघे संक्रान्तिको दिन नुवाकोटको तारुकालगायतका विभिन्न स्थानमा गरिदै आएको गोरु जुधाइने मेलाले यो वर्ष पनि निरन्तरता पाएको छ ।

नुवाकोटको तारुकालगायत चार स्थानमा विशेष मेलासहित ४० हल गोरु जुधाइने भएको छ । माघेसंक्रान्तिका दिन विशेषगरि तारकेश्वर गाउँपालिका वडा नम्वर ३ मा भव्य मेला आयोजना गरिएको छ ।

चन्दनीमा यस वर्ष २२ हल गोरु जुधाइने भएको छ । यसका साथै विदुर नगरपालिका वडा नम्वर १० वेत्रावतिमा पांच हल, शिवपुरी गाउँपालिकाको शेरावगरमा सात हल र पन्चकन्या गाउँपालिकामा ६ हल गोरु जुधाइने भएको छ ।

मेलामा जुधानइने गोरुको अन्तिम लगत संकलन कार्य पुरा भइसकेको छ । नुवाकोटको मात्रै नभई सिंगो नेपालकै पहिचान बनेको ऐतिहासिक गोरु जुधाई मेलालाई सभ्य, भव्य र सुरक्षित रुपमा सम्पन्न गरिने बनाइने र मेलाले यस वर्ष सबैको ध्यान खिच्नेमा आसावादी रहेको माघेसंक्राति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सुर्यमान श्रेष्ठले वताए ।

उक्त मेला विहान १० वजेदेखि नै बलिया र आकर्षक गोरु जुधाई सुरु भइसकेको छ । सवै स्थानमा गरेर यस वर्ष ४० हल गोरु जुधाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *