ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तल्लाे सदनबाट ट्रम्पबिरुद्धको महाभियोग पारित

Impeachment against Trump passed

एजेन्सी, माघ १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रस्तावबारे दिउसो ४ बजेपछि मतदान सुरु गरिएकोमा महाभियोगका पक्षमा १० जना रिपब्लिकन सांसदहरुले मतदान गरेका छन् । महाभियोग प्रस्तावका पक्षमा २३२ र विपक्षमा १९७ मत खसेको छ । ४ जना रिपब्लिकन मतदानमा सहभागी भएनन् ।

त्यसअगाडि विहान सबा ९ बजेदेखि प्रस्तावबारे छलफल गरिएको थियो । डेमोक्रेटिक सांसदहरुले ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु भएको र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइएको बताएका थिए । अमेरिकामा मेक अमेरिका ग्रेट अगेन नामको गृहयुद्ध सुरु गर्न खोजिएको उनीहरुले आरोप लगाएका थिए ।

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाभियोग प्रस्ताव ल्याइएको हो । दुईपटक नै महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार यसको प्रकृया अगाडि बढाउने क्रममा क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *