प्रतिनिधिसभा विघटनको मुद्धा बिषयमा प्रवेशनै नगरी शुक्रबारलाई सर्यो

काठमाडौं, माघ १ । सायीहरुको माग रहे पनि बुधबारको इजलास ‘हेर्दाहेर्दै’मा टुंगिएको छ।
बिहीबार माघेसंक्रान्तिका बिदा भएका कारण शुक्रबारका लागि संवैधानिक इजलास बस्ने गरी बुधबारको सुनुवाइ सकिएको छ। वरिष्ठ अधिवक्ताहरुले अघिल्ला नजिरहरुलाई ध्यानमा राख्दै यो मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासमा गर्न माग गरे पनि यो विषय नटुंगी बुधबारको समय सकिएको हो।
संवैधानिक इजलासमै संसद विघटनको मुद्दा जारी राख्ने वा वृहत पूर्ण इजलासमा यसको सुनुवाइ गर्ने टुंगो सम्भवतस् शुक्रबार लाग्नेछ। अनिमात्र संसद विघटनको मूल विषयमा इजलास प्रवेश गर्नेछ। यसअघि बुधबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बाहिरको कमाण्डबाट निर्देशित नहुन इजलासमा आग्रह गरेका थिए।