ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना सँगको लडाईको एक बर्ष, कोभिड अस्पतालका स्वस्थ्य कर्मी भन्छन् उर्जा अझै सकिएको छैन्

सेयर गर्नुहोस
  • 25
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं ,पुस २९ । नेपालमै कोरोना भाइरस संक्रमित पहिलो बिरामी भर्ना भएको आज एक वर्ष पूरा भएको छ  । कोभिड १९ महामारीमा यो एक वर्ष थकान, तनाव, डर नभनी अहोरात्र खटिइ काम गरेको आज एक बर्ष पूरा भएको छ ।

सुरुवाती दिनहरुमा नेपालमा कोभिड भित्रिदै गर्दा स्वास्थकर्मीमा जुन  त्रास र अस्पतालहरुमा भ्रम थियो र सर्वसाधारणमा पनि कोरोनाको उपचार हुन्छ त टेकु अस्पतालमा मात्र हुन्छ भन्ने मानसिकता थियो । त्यसैले  कोरोना महामारी भित्रिनु अगाडि नै  महामारी आउनु अगाडि नै सरकारले टेकु अस्पतालमा ननकोभिड बिरामीको लागि अस्पतालका ढोकाहरु बन्द गरिदियो । पहिले यस्तो परिस्थिति थियो जहा एकजनामा कोरोना पुष्टि भए अस्पताल नै सिल गर्नुपर्दथ्यो  । त्यस्तो  अवस्थामा पनि कुनै दिन थकान नभनी टेकु अस्पतालका कर्मचारीहरुले दिनरात नभनि आफ्नो ज्यानको प्रवाह नगरी  बिरामीको सेवामा जुटिरहने टिमको ऊर्जामा अझै पनि कमि नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाको भनाइ छ ।

 संक्रमण दर उच्च रहेको बेला कतिपय निजी अस्पतालहरुले कोभिडका बिरामीलाई भकुण्डोजस्तो खेलाएको पनि देखियो, दुहुना गाई झैं दोएको पनि देखियो । सँगसँगै नेपालको समग्र स्वास्थ्य प्रणालीको यथार्थ चित्र पनि छर्लङ्ग भयो । खासमा हाम्रो हैसियत उजागर भएको स्पष्ट रहेको डा बास्तोला बताउछन ।

सरकारी अस्पतालले जागिर मात्र सोच्ने, जिम्मेवारी बिर्सिने अनि साधन स्रोत भएता पनि , त्यसअनुसार बिरामीले सेवा दिन नसक्ने देखियो  । त्यस्तै, निजी अस्पतालले नाफा मात्रै सोच्ने, जिम्मेवारी बिर्सिने, राज्य बाट छुट लिने , अनि राज्य ले तोके अनुसार सेवा नदिने यो यथार्थ देखियो, यसमा को बढी र को कम भन्ने मात्रै हो ।

कोभिडबाट जीवन गुमाउनु भएका आमाबुबा, दिदीबहिनी,दाजुभाइमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु । हरसम्भव कोसिस गर्दा पनि बचाउन नसकेका बिरामीका आफन्तको वियोग र निको भएर घर फर्किनेहरुको मुस्कानको बीचमै यो एक साल बित्यो ।

हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं । आफू बचौं, अरुलाई पनि जोगाऊँ । अझै पनि हामी महामारीको भुमरीमा छौं । सबैतिर खुला छ । हामीले महामारीमा अपनाउनुपर्ने सबै मापदण्ड मिचिसक्यौं । अस्पतालमा बिरामीको चाप घटे पनि सिकिस्त बिरामी आउने क्रम जारी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *