नेपालमा कोरोना परीक्षणका लागि नयाँ प्रविधिको प्रयोग गरीदै,

काठमाडौं ,पुस २९ । यसैबीच नेपालमा कोरोना परीक्षणको नयाँ प्रयोग सुरु गरिएको छ । नोबेल पुरस्कार समेत पाएको क्रिसपर टेक्नलोजीको प्रयोग गरेर विकास भएको अमेरिकाको प्रविधि नेपालमा ल्याइएको जानकारी अनुसन्धान विज्ञले दिएका छन् । पिसिआरको पहुँच नभएकोमा यसबाट परीक्षण गर्न सकिने वरिष्ठ अनुसन्धान वैज्ञानिक दिग्विजय राजा महतले बताए ।
गत चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार १ सय ५४ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यका २ सय ४६ जना सहित देशभर ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर २ लाख ६६ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कोरोनाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभरबाट कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय ३७ पुगेको छ । गत चौबीस घण्टामा देशभरबाट ४ सय १४ जना कोरोना मुक्त भएका छन् । हालसम्म २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव ६ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमित मध्ये देशभर क्वारेन्टिनमा २ सय ३७ जना र संक्रिय संक्रमित ४ हजार ४ सय ४३ जना रहेका छन् । आसियुमा उपचारत १ सय ४४ जना रहेका छन् भने भेन्टिलेटरमा ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।।