कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि सरकारले दाता गुहार्दै

काठमाडौं ,पुस २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभीड १९ खोपका लागी कोषमा योगदान गर्न सार्वजनिक सूचनामार्फत् आव्हान गरेको हो । निशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक पर्ने भएकोले कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको छ ।
दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिनु भनेको छ । रकम संकलन गर्न काठमाडौंको टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा जम्मा गरिदिन मन्त्रालयले आग्रह गरेको छ ।
उक्त कोषको आयव्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने मन्त्रालयको सूचनामा उल्लेख गरेको छ । नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृतीप्राप्त भएका खोप खरिद गरी प्राथामिकताको आधारमा न्यायोचित प्रणालीमार्फत लक्षित समूहलाई लगाइने मन्त्रालयले जनाएको छ ।