कोरोना बिमा गरेकाहरुले सम्बन्धित कम्पनिमा भेरिफिकेसनको अवस्था बुझ्न स्वास्थ्य मन्त्रालयको आग्रह ,

काठमाडौं ,पुस २९ । स्वास्थ मन्त्रालयले कोरोना बीमा कम्पनिमा बिमा दाबीका लागि पेस गर्नुपर्ने विवरणहरु भेरिफिकेसन गर्दा अपुग भएकोले बिमितले सम्बन्धित कम्पनीसँग भेरिफिकेसनको अवस्था जानकारी लिन अनुरोध गरेको छ।
मन्त्रलायका सहप्रवक्ता डा समीर अधिकारीले बिमा समितिबाट जारी गरिएको कोरोना बिमा मापदण्ड, २०७७ बमोजिम समितिमा प्राप्त भएका विवरणमध्ये कतिपयको विवरण भेरिफिकेसन गर्दा नाम, थर, उमेर, ठेगाना, पिसिआर नजिता रिर्पोट मिति जस्ता न्यूनतम विवरण अपूर्ण भएको जनाकारी दिए।उनले कतिपय बिमितको विवरण मन्त्रालयका रहेका तथ्यांकसँग रुजु गर्दा भेट्टाउन नसकिएको जानकारी गराएका छन् ।

अहिलेसम्म मन्त्रालयबाट ९ हजार ३ सय ९२ जनाको भेरिफिकेसन भइसकेको जनाएको छ।
मन्त्रलायले बिमितिले पिसिआर परिक्षण गर्दा आफु बिमा सदस्य हुँदा दिइएको नाम, थर उमेर, ठेगाना स्पष्ट दिन समेत अनुरोध गरेको छ । साथै,प्रयोगशालाहरुले परिक्षण नतिजा दिँदा स्वास्थ्य मन्त्रलाय वा इडिसिडिमा दैनिक प्रतिवेदन पेस गरेको मिति अनुसारको वास्तविक नजिता प्रदान गर्न गराउन पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।