ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के तपाईलाई कान दुख्ने समस्या छ ,यसरी गर्न सकिन्छ घरेलु उपचार

काठमाडौं ,पुस २९ । कान हामी सबैको महत्त्वपूर्ण अंग हो । धेरै मानिसमा कान दुख्ने समस्या हुने गर्दछ । यसलाई मानिसहरु मतलवै गर्दैन्न। धेरै मानिसहरुलाई लाग्छ  कानको दुखाई सामान्य हो निको भै हाल्छ । तर  हवाई यात्रा गर्दा ,केवुलकार र  सडक यात्राको क्रममा धेरैको कान दुख्ने र बन्द हुने गर्दछ । ठूलो मान्छेलाई भन्दा पनि  स–सना बाललिकामा कानको समस्या  बढि हुने गर्दछ ।

किन दुख्छ त  कान रु कान दुख्ने धेरै कारण हुनसक्छ त्यसमध्ये केही कारण यस्ता छन्

कानमा कुनै  इन्फेक्सन वा  एलर्जी भयो भने पनि  कान दुख्ने गर्दछ ,कानभित्र पानी परेमा समेत कानको दुखाई हुनसक्छ ,कानमा तिखा वस्तुको प्रयो गर्दा ,कानमा किरा पस्यो वा कुनै कुरा बिझ्यो भनेपनि कान दुख्ने गर्दछ ,कान दुख्नुको अवाला अन्य विभिन्न रोगका कारणले पनि कानमा समस्या हुनसक्छ ।

कानको समस्या भएका मानिसहरुमा विभिन्न लक्षणहरु देखा पर्न सक्छ ?

कान कम सुन्नु, कान चिलाउनु, कान दुख्नु र कानमा पिपभरिएको महसुश हुनु मुख्य हुन् ।

कानको दुखाई वा संक्रमणबाट बच्न के गर्ने ?

 सफा नीम र तुलसीको पातको रसको केही थोपा कानमा हाल्ने ,सस्र्युको तेलमा लसुन मिसाएर तताउने,त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हाल्ने , लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ जसले इन्फेक्सन र दुखाई कम गर्न मदत गर्दछ ,कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ ।

तर घरेलु उपचारका साथसाथै  चिकित्सकको परामर्श पनि आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *