ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चुनावका लागि बजेटको अभाव हुन्न–अर्थमन्त्रालय
आफ्नौ घरमा आगो लगाउनेलाई खरानीको कमी हुन्न–अर्थविद्


पुस २८, कठमाडौं ।

देशमा आर्थिक सम्बृद्धि ल्याउने उद्घोष गरेर झण्डै दुई तिहाई हाराहारीको जनमत पाएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले तीन बर्षमै संसद विघटन गरेर चुनावको बेमैसमी बाजा बजाएका छन् । २०७४ को चुनाव प्रचारप्रसारको क्रम देखिनै आर्थिक सम्बृद्धिको रट्टान लगाउदै आएका ओलीले तीन बर्ष सम्म आर्थिक सम्बृद्धि ल्याउन त कता हो कता झन उल्टै लोकतन्त्रको आधारस्तम्भ मानिने संसद नै भंग गरि मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।

२०७५ साल चैतमा १५ औं पञ्च बर्षिय योजनाको आधार पत्र सर्वजनिक गर्दै अल्पकालिन मध्यकालिन र दीर्घकालिन लक्ष्य सहित सन् २०३० सम्म मध्यम आए भएको देश पर्यउने उद्घोष गरेका थिए । १५ औं पञ्च वर्षिय योजनाले गरेको परिकल्पना पुरा गर्न झण्डौ एक खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो । उक्त रकमको जोहो गर्न हम्मेहम्मे परेको बेला कोरोनाका कारण लामो समय सम्म लकडाउन हुँदा देशको आर्थिक अवस्था अझ नजुक बन्यो । आर्थिक विकासको मेरुदण्ड मानिने निजी क्षेत्रले राहात प्याकेज माग गर्दा राज्यको ढुकुटीमा पैसा नभएको जवाफ दिने सरकार अहिले निर्वाचनको लागि बजेटको अभाव नहुने बताउछ । निर्वाचन आयोगले अहिलेको अवस्थामा ३० अर्ब अवश्यक पर्ने अनुमान लगाएको छ । तर अर्थविद्का अनुसार सरकारले अनुमान गरेको भन्दा डेढ गुणा बढि खर्च हुने परम्परा रहेकोले तत्काल निर्वाचन गर्न ५० अर्ब हाराहारी खर्च हुने बताउ छन् ।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना निर्वानका लागि आवश्यक बजेटको कुनै चिन्ता नभएको बताउदै आएका छन् । तर अर्थविद् केशव आचार्य निर्वाचन खर्च साधारण खर्च भएको पूँजी गत खर्चबाट रकमान्तर गर्न नमिल्ने भएकोले अर्थमन्त्रालयलाई बजेट जुटाउन अन्तरीक ऋण लिनुको विकल्प नभएको बताउछन् । तर अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठ भने चालु आर्थिक बर्षको ६ महिना सम्म साधारण खर्च ३५ प्रतिशत भएको र अर्को ६ महिनामा पनि यहि हाराहारीमा खर्च हुने र समग्रमा ७५ देखि ८० प्रतिशत सम्म खर्च हुने हो भने पनि बचेको २० देखि २५ प्रतिशत सधारण खर्चलाई निर्वाचनमा खर्च गर्न सकिने अंङ्क गणितीय अधार केलाउछन् ।

विकास र समृद्धिको रट्टान लगाउनले ओलीले निश्चित स्वर्थको लागि चलिरिहेको संसद् भंग गरेर खर्चिलो निवार्चनमा जानलागेको प्रति टिप्पणी गर्दौ पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले आफ्नै घरमा आगोलगाउनेलाई खरानीको समस्या नहुने बताएका छन् ।

विकास र सम्बृद्धिको नारा लगाउने ओलीले आफ्नो कार्यकालको तीन बर्ष सम्म एउटा पनि ठूला आयोजना पुरा गर्न सकेनन् । तीन बर्ष अघि चुनाव प्रचार प्रसारको क्रममा ओलीले घर घरमा ग्यासको पाईप देखि पानी जहाजको टिकट काट्न तयार हुनुहोस समेत भन्न भ्याएका थिए ।

तर तिनै ओलीले तीन बर्ष पुग्नलाग्दा नलाग्दै संसद भंग गरेर देशलाई अस्थिरता तर्फ धकेलेका छन् । देशलाई अस्थिरताको भुमरिमा धकेलेका उनै ओली अहिले आफ्नो हरेक भाषणमा मलाई भोट दिनुहोस् १० बर्षमा आर्थिक सम्बृद्धि ल्याउने उद्घोष गर्छन् । झण्डै तिन बर्ष सम्म दुई तिहाई हाराहारीको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाललाई समिक्षा गर्दा न त उनको यो कार्यकाल सन्तोष जनक छ न त ओलीलाई विश्वस गर्न सकिने ठाउँ छ ।

ओली सरकारले ल्याएका तीन ओटा बजेटलाई हेर्ने हो भने पनि दैनिक प्रशासनिक कार्यभन्दा बढि गर्न नसकेको उनको जानकाहरुको बुझाई छ । कोभिडका कारण देशको आर्थिक अवस्था कम्जोर भएको बेला चुनाव गरेर देशमा अर्को आर्थिक संकट निम्त्याउन लागेको अर्थविद्हरुको बुझाई छ ।

चालु आर्थि बर्षको ६ महिना सम्म १३ प्रतिशत मात्रै पुँजी गत खर्च गर्न सकेको सरकारले आर्थिक सम्बृद्धि ल्याउनु हाँस्यास्पद हुने विज्ञहरुको भनाई छ ।
प्रधानमन्त्री ओलीले चुनावताका ठूल ठूला भाषण गरेपनि तीन बर्ष सम्म नेपाली जनताले अमुल्य समय खेर फलेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द्रराज पोखरेलको भनाई छ ।

प्रधानमन्त्री ओलीले देशमा आर्थिक सम्बृद्धि ल्याउने बताएपनि तीन बर्ष सम्म कुनै पनि आयोजनाहरु पुरा गर्न सकेनन् भने संसद विघटन गरि देशमा अस्थिरता निम्त्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *