ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना रोकथाम तथा नियन्त्रणमा सार्क राष्ट्र मध्ये नेपाल अगाडि

काठमाडौं ,पुष २८ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रण उन्मुख भएको बताइरहदा विज्ञहरु भने जोखिम अझै कायमै रहेको बताउछन् । अहिले संक्रमित कम हुनुमा परिक्षण नै कम भएको विज्ञहरुको तर्क छ भने सरकारी अधिकारीहरु संक्रमण कम हुदै गएको दाबी गरीरहेका छन् ।

विश्वका अधिकांश मुलुकमा कोरोना महामारी दोस्रो लहर फैलिइरहेको बेला नेपालमा भने नियन्त्रण उन्मुख रहेको सरकारको दाबी छ । विश्व स्वास्थ्य संगठनका अनुसार परिक्षणको १२ प्रतिशत भन्दा कम भएमा संक्रमण नियन्त्रण उन्मुख हुने भनिएको छ ।

नेपालमा पछिल्लो समय संक्रमणदर आठ देखि दश प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । दैनिक चार हजारको हाराहारीमा परिक्षणगर्दा देखिएको यहि तथ्यांकको आधारमा संक्रमण नै कम हुदै गएको मन्त्रालयले बताएको छ । संक्रमण कम हुनुमा सरकारले मात्र राम्रो काम गरेर नभएको मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले जानकारी दिनुभयो ।

तीन महिना अगाडीको संक्रमित संख्या दैनिक २० देखि २५ प्रतिशत हाराहारीमा थपिने गरेको भएपनि हाल संक्रमितको संख्या ८ देखि १० प्रतिशतमा झरेको डा अधिकारीले बताए ।तर विज्ञहरुले भने परिक्षणको दायरा घटाइएको र उच्च जोखिम क्षेत्रमा पनि परिक्षण नगरिएको कारणले गर्दा संक्रमित संख्या निकै कम देखिएको बताएका छन् ।

सरकारले ब्यवस्थित रुपमा रोकथाम तथा नियन्त्रण गरेकोले बताउनु र संक्रमण कम भएको सरकारी दाबी भ्रममात्रै रहेको विज्ञ डा सन्तोष दुलालले बताए।

१२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित भए विश्व स्वास्थ्य संगठनले महामारीको जोखिम रहेको मान्दैन त्यसैले पनि नेपाल अहिले महामारीको जोखिमबाट बाहिरीसकेको सरकारको दाबी छ । तर विभिन्न मुलुकमा कोरोनाको नयाँ स्वरुप फैलिएर चुनौती बढिरहदा सरकारले भने यसतर्फ ध्यान दिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *