संसद विघटनको विरोधमा नागरिक समाजको नागरिक सभा
काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी ओलीले संविधानमाथी प्रहार गरेको भन्दै त्यसको विरोधमा हरेक दिन जसो विभिन्न विरोध कार्यक्रम सञ्चालन हुदैँ आएका छन् । यस अघिको सडक जाम, इटा हानाहान भन्दा यो पटकका आदोलन केही संयमित तथा आकर्षक देखिएका छन् । कहिले दिउसै लालटिन जुलुस, कहिले उल्टो प्रदर्शन कहिले कविता बाचन त कहिले सडक दोहोरी ।
मंगलबार नागरिक समाजले राजनधानिमा नागरिक सभा आयोजना गरेको छ । असंवैधानिक कदमको सांकेतिक प्रस्तुती समेत भएको सभामा नागरिक समाजले अझ ससक्त कदम चाल्ने जनाएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन पछि पहिलो पटक आयोजना भएको नागरिक सभामा महिला युवाहरुले खवरदारी गरे भने लाइभ पेन्टिङ गरेर विरोध गरे ।
ओलीक असंवैधानीक कदम र त्यसमा राष्ट्रपतिको सहयोगको विरोध गरिएको उक्त सभमा क सभामा पुगेका नगारिक अगुवाले संविधान माथी मात्र नभइ संविधानबाद माथीको प्रहार भएको जनाएका छन् ।
प्रधानमन्त्री केपी ओली संविधान माथी हुन खोजेको भन्दै अभियनलाई त्रिव बनाउनु पर्ने र आफ्नो हयोग रहने विभिन्न क्षेत्रबाट गएका अभियान्ताको भनाई छ । उनीहरुले नागरिक आन्दोलनलाई अझ चर्काउने बेला आएको बताएका छन् ।
सोही कार्यक्रममा पुगेका नेपाल बारका अध्यक्ष चणेश्वर श्रेष्ठले राजनीतिक दलले संविधान माथी खेलवाड गरेको जनाएका छन् । उनले पनि नागरिक आन्दोलनलाई अझ शसक्त बनाउने सुझाव दिए ।