देशभर ४३० जना कोरोना संक्रमीत थपिए,५ जनाको मृत्यु

काठमाडौं ,पुष २८ । देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार ३ सय वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा २ सय ५९ जना सहित देशभर ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रमण पुष्टि हुनेमा २ लाख ६५ हजार६ सय ९८ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय ३२ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको प्रतिशत शुन्य दशमलव सात तीन रहेको छ ।
गत चौबीस घण्टामा देशभरबाट ३ सय ९० जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ५९ हजार ३ सय ५८ जना रहेका छन् । हालसम्म संक्रमित मध्ये कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव ६ रहेका छन् ।
देशभर क्वारेन्टिनमा २ सय ३७ जना संक्रिय संक्रमित ४ हजार ४ सय ८ जना रहेका छन् । देशभरका विभिन्न अस्पतालहरुमा आसियुमा उपचारत १ सय ५७ जना र भेन्टिलेटरमा ३५ जना रहेका छन् ।