ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिडका कारण प्रभावित ५४ प्रतिशत उद्योग ब्यवसाय सञ्चालनमा

द प्रेस नेपाल संवाददाता

पुस २८ , काठमाडौं

मंगलबार नेपाल राष्ट्र बैंकले , ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनारावृति प्रर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गर्दै कोभिडका कारण प्रभावित भएको नेपालको अर्थतन्त्र सुधरोन्मुख दिशातर्फ अगाडी वढेको संकेत गरेको छ । कोभिड १९ कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रमा ठुलो क्षति पुग्न गएको नेपाल राष्ट्र बैंकको निष्कर्ष छ । नेपालले चैत्र ११ गते देखी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको लकडाउनका कारण नेपालको आर्थिक बृद्धिदर २.५ प्रतिशतको हाराहारीमा सिमित रहेको थियो ।

यसअघि पनि केन्द्रिय बैंकले ( २०७७ जेठ २६ गते देखी असार १० सम्म ) ५२ जिल्लाका ६ सय ७५ उद्योगी ब्यावसायीहरुवाट तथ्यांक संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त सर्वेक्षणले लकडाउनका कारण ६१.३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय मात्रै पुर्णरुपमा सञ्चालनमा रहेको देखाएको थियो ।

पछिल्लो समय सरकारले कोभिड १९ का मापदण्डहरु खुकुलो वनाउदै लगेसंगै व्यवसायहरु क्रमिकरुपमा सञ्चालनमा आउन थालेको केन्द्रिय बैंकको सर्वेक्षणले देखाएको छ । व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो बस्तुस्थिति वारे जानकारी लिन केन्द्रिय बैंकले अघिल्ला पटकका उद्योगी व्यवसायीहरुसंगै बाट तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययनका लागि २०७७ कातिक १३ गते देखी मंसिर २४ गतेसम्म पुनरावृति सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।

गत असारको सर्वेक्षणको तुलनामा मंसिर सर्वेक्षणमा पुर्णरुपमा सञ्चालनमा आउने उद्योग व्यवसाय ४ प्रतिशतवाट बढेर ५४ प्रतिशत पुगेको छ । उद्योग/व्यवसायको कारोवार / उत्पादन असारसम्ममा २८.७७ रहेकोमा मंसिरसम्म बढेर ५०. ५१ पुगेको छ भने रोजगारीको स्तर समेत ७७.५ प्रतिशतबाट बढेर ८७.५१ प्रतिशत पुगेको छ ।

सर्वेक्षणमा औद्योगिक वर्गीकरण अनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २९.३ प्रतिशत,
उत्पादनमुलक उद्योगबाट १७.२ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त भएको केन्द्रिय बैकले जानकारी दिएको छ । त्यस्तै सबैभन्दा कम बिद्युत, ग्याँस तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सर्वेक्षणमा उद्योग/व्यवसायको आकारको आधारमा सर्वाधिक (४२.७ प्रतिशत) उत्तरदाता लघु उद्यम,साना खुद्रा व्यापार समूहका रहेका छन् भने सबैभन्दा थोरै (४ प्रतिशत) उत्तरदाता ठूला उद्योग समूहका रहेको सर्वेक्षणमा उल्लेख छ ।

गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएकोपाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमाबढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालनमा आउन नसकेको केन्द्रिय बैंकले जानकारी दिएको छ ।

गत असारको तुलनामा उद्योग /व्यवसायहरुको उत्पादन÷कारोबारको अवस्थामा सुधार आएको छ । कोभिडमहामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारकोतुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन÷कारोबार बढेको सर्वेक्षणमा उल्लेख छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको छ ।
कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा
क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलबज्याला खर्च भने घटेको केन्द्रिय बैंकको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु रहेको वताएको सर्वेक्षणमा उल्लेख छ ।

उक्त सर्वेक्षण २०७७ कात्तिक र मंसिरमा टेलिफोन अन्तरवार्तामार्फत सम्पन्न गरिएको तथा गत असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ९० प्रतिशत अर्थात् ६०९ जना उद्योगी/व्यवसायीहरुले उक्त सर्वेक्षणमा सहभागिता जनाएको केन्द्रिय बैकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *