कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने
सेयर गर्नुहोस
11 - 11Shares
काठमाण्डौं,पुस २८ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु गर्न बाटो खोलिदिएसंगै लामो समयसम्म रहेको अन्योलता हटेको छ। अदालतका न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए
११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्छ। अहिलेसम्म ५ विषय पढाइ हुँदै आएको छ।
११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ।