ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

क्रियटर्स अवार्डमा पाँच व्यक्ती सहित हिरो अफ द एयरमा देवेन्द्र प्रधान सम्मानित

सेयर गर्नुहोस
  • 101
  •  
  •  
  •  
    101
    Shares

क्रियटर्स ग्रुपले सपना रोका मगर, कुलमान घिसिङ ,अनुराधा कोइराला , रमेश खरेल, डा.सन्द्रुक रुइत सहित समाजसेवी देवेन्द्र प्रधानलाई सम्मान गरेको छ ।

चन्द्रागिरी हिल्सको होटलमा पुष २७ गते राष्ट्रिय एकता दिवसको दिन राष्ट्राको लागि बिशेष योगदान दिंदै आएका सपना रोका मगर, कुलमान घिसिङ ,अनुराधा कोइराला , रमेश खरेल, डा. सन्द्रुक रुइत नेशनल क्रियटर्स अवार्डबाट सम्मानित भएका हुन  भने समाजसेवी तथा यातायात विज्ञ देवेन्द्र प्रधान चन्द्रागिरि हिरो अफ द एयर बाट सम्मानित भएका हुन् ।

पहिलो कार्यक्रमको सुरुवात सगै हरेक वर्ष देशका लागि उत्कृष्ट काम गर्ने व्यक्तिको कार्य हेरेर क्रियटर्स अवार्डबाट सम्मानित गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम बोल्दै माईती नेपाल चलाउँदै आएकी अनुराधा कोइरालाले महिलाहरू दिनप्रतिदिन बलात्कारबाट पीडित हुँदै आएकोले महिलामा भन्दा पुरुषमा शिक्षा विकास गर्नुपर्ने बताएकी छिन् ।

यस्तै विश्वको उत्कृष्ट १ सय महिलाको सूचिमा परेकी सपना रोका मगरले आफ्नो जीवनको घटनाको बारेमा बोल्दै सडकमा वेसहारा जिवन बिताएर यो स्थानसम्म आउनु आफ्नो लागि ठूलो संघर्ष भएको भन्दै आगामी दिनमा समाजसेवालाई निरन्तरता दिने बताईन् ।

प्रहरी प्रशासनमा निष्पक्ष भुमिका निभाउँदै आएका रमेश खरेल र नेपाल विद्धुत प्राधिकरणका पूर्व कार्यकारी कुलमान घिसिङले इमानदारीपुर्वक सबैले कार्य गर्न अपिल गरेका छन् भने डा.सन्दुक रुईतले आफ्नो आफ्नो क्षेत्रबाट सबैले सकारात्मक काम गर्न सुझाएका छन् ।

कार्यक्रममा चनद्रागिरि हिरो अफ द एयरबाट सम्मानित देवेन्द्र प्रधानले आफू यसरी सम्मान योग्य बन्न पाउँदा खुसी भएको बताउँदै आगामी दिनमा समाजसेवाको पाटोलाई फराकिलो बनाउँदै लैजाने बताएका छन् ।

 आयोजकले यसरी राष्ट्रको लागि बिशेष योगदान दिंदै आउने बिशेष व्यक्तीहरुलाई हरेक वर्ष हौसला प्रदान गर्दै जाने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *