ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं, पुस २८ । विश्वभर पछिल्लो २४ घण्टामा पाँच लाख ४९ हजार ६१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा आठ हजार ९४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १२ लाख ७५ हजार ९६७ र मृत्यु हुनेको संख्या १९ लाख ५१ हजार ९३३ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ८८ हजार ९६३ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५२ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १२ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४६ हजार १६९, इटलीमा १२ हजार ५३२, ब्राजिलमा २८ हजार ४३, जर्मनीमा ११ हजार ७६५, रसियामा २३ हजार ३१५, दक्षिण अफ्रिकामा १५ हजार ४६, फ्रान्समा तीन हजार ५८२, कोलम्बियामा १५ हजार तथा इरानमा ६ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *