ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी फुटपछि राजधानी बाहिर प्रचण्ड–माधवको पहिलो सम्बोधन पोखरामा

काठमाडौं, पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गण्डकीस्तरीय प्रशिक्षणका लागि आज बिहान पोखरा जाने भएका छन् ।

दुबै नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई मंगलवार सम्बोधन गने कार्यक्रम रहेको बताइएको छ ।

पोखरा ११ शितलादेबीमा रहेको एसआर केसी बैंक्युटमा ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

बिहान ८ बजे बुद्ध एयरको विमान मार्फत पोखरा जान लागेका अध्यक्षद्वयका साथमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहने बताइएको छ । दुबै नेता मंगलबार साँझ नै राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *