ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा साइबर सेनाको बहस- विश्वमा कस्ता छन साइबर सेना ?

काठमाण्डौं, पुस २७ । नेकपा ओली समुहका नेता महेश बस्नेतले साइवर सेना आवस्यक रहेको बताएका थिए । उनले युवासंघको मातहत रहने गारी साइवर सेना निर्माण गर्न लागेको जनाएपछि साइवर सेनाका बारेमा विशेष बहस र चर्चा समेत सुरु भएको छ ।  सामाजिक सञ्जाल मार्फत हुने गाली गलौजकाको नियन्त्रणमा प्रभावकारी हुने भनिएको साइवर सेनाको विश्वमा कस्ता अभ्यास छन् , यसको खोजी गर्ने प्रयास गरिएको छ ।

विश्वमा साइवर अवराध सम्वन्धि धेरै सामाग्री निर्माण भएका छन् । कहिले कुनै सस्था वा व्यक्तिबाट एकाउन्ट ह्याक गरेर महत्वपुर्ण सुचनाहरु बाहिर ल्याउने गरिएको पाइएको छ भने कहिले बैकबाट ठूलोमात्र रकम निकालेका समचार पढ्दै, सुन्दै आएको विषय हो । बंगलादेशको सेनट्रल बैकबाट १० मिलियन अमेरिकन डलर ह्याक गरेर चोरी भएको विषयमा डकुमेन्ट्रि नै तयार भएको छ भने अमेरिकी राष्ट्रपतिय चुनावमा रुसले भोट तलमाथी गरेको आरोप लाग्दै आएका विषयहरु बेला बेला सुन्ने गरिएको छ । गत सालमात्र भारतको एक बैकबाट करीव ३ करोड अमेरिकी डलर साइवर हमला गरेर चोरी भएको थियो

विश्वका शक्तिशाली देशहर अहिले साइवर सुरक्षामा केन्द्रित बनेका छन् । आखिर कसरी चल्छ साइवर हैकिंगको साम्रराज्य भनेर बिबिसी रेडियोले एउटा सामग्री तयार पारेको थियो सोही आधारमा विश्वमा साइवर सेना वा ह्याकिंगको बारेमा खोजी गर्ने प्रयास गरिएको हो ।

ह्याकिङ् सुरु  गर्ने देशको रुपमा सोभियतसंघ अर्थात रुसलाई लिने गरिन्छ । भरखर भरखर इन्टरनेट आएको समय सोही समय अर्थात १९९० को दशकमा भएको सोभियत संघको विघटनले धेरै विज्ञहरु एक साथ वेरोजगार भए । उनीहरुमा इलेक्ट्रोनिक इन्जिनियर र गणितिज्ञको सङख्या धेरै थियो ।

साइवर सुरुक्षा सम्वन्धि खासै चासो नभएको समयमा जव रुसका ति बेरोजगार व्यक्तिहरुले साइवर ह्याकिङ्गमा प्रवेश गरे । उनीहरुको प्रमुख केन्द्रमा  बैंक, वितिय सस्था तथा अर्को देशका सरकारी वेवसाइटहरु थिए ।   

रुसी पत्रकार आन्द्रेई शश्निकफका अनुसरा उनीहरु ह्याकिङका समाचारहरु पत्रिकामा प्रकाशन गर्थे सो समय हरेक ह्याकरसंग एक न एक पत्रिकाको पहुच उच्च थियो । उनका अनुसरा ह्याकर्सले आफुलाई एक हिरो समान मान्थ्यो । यस विषयमा रुसको जासुसी सस्था एफएसबीलाई ह्याकर्षको बारेमा थाहा भएपनि उसले कुनै वास्ता नगर्ने बरु उसबाट फाइदाँ उठाउन खोजेको पत्रकार आन्द्रेईले बिबिसिलाई जानकारी दिएका छन् ।

रुसी ह्याकर्सले पहिलो पटक सन २००७ मा छिमेकी देश एस्टोनियामा हमला गरेको थियो । रुस सरकारको इसारामा ह्याकिङ गरिएको भनिएको उक्त आक्रमणमा एस्टोनियाका अधिकाम्स सरकारी वेबसाइड ह्याक भएका थिए । तेस्को अर्को बर्ष २००८मा पुन रुसी ह्याकर्सले जर्जियाका सरकारी वेबसाइड ह्याक गर्यो ।  पत्रकार आन्द्रेईका अनुसार उक्त ह्याक रुसका सरकारी ह्याकर्सले गरेका थिए । ह्याकर्सहरु रुसी जासुसी सस्थामा काम गर्थे । अहिले रुससंग रहेको साइवर सेना सवै भन्दा शक्तिशाली साइवर सेनाको रुपमा मानिन्छ ।

अहिले पनि रुसलाई अमेरिकी राष्ट्रपति निर्वाचनताका ह्वाइट हाउसमा साइवर आक्रमण गरेको आरोप लाग्दै आएको छ भने नेटो तथा पश्चिमा देशका सञ्चार माध्यम रुसी ह्याकर्सको नजरमा रहेको आरोप लाग्दै आएको छ । पत्रकार आन्द्रेईका अनुसार सन १९९०को दशकमा हलिउड चलचित्र मैट्रिक्सबाट प्रभावित भएर उनीहरुले ह्याकिङ सुरु गरेका थिए ।

रुससंगसंगै ह्यकिङमा उदाएको अर्को देश इरान रहेको बिबिसिले जनाएको छ । १९९०को दशकमा इन्टरनेट आएसंगै इरानले आफ्नो साइवर सेना तयार पारेको जनाइएको छ । जव जव देशमा शोसल मिडियाबाट सरकारको विरुधमा आवाज उठाउन सुरु हुन्छ त्यतिवेला साइवर सेना उनीहरुको विरुधमा सकृय हुन्छन् ।

सन २००० मा इरानमा सरकारी विरोधी प्रदर्शन बढ्न थालेपछि  इरानी सरकारी ह्याकर्सले हजारौ शोसल मिडिया ह्याक गरेको थियो र विरोध सुरु गर्नेसम्म पुगेर उनीहरुलाई जेल चलान गरेको थियो । बिबिसले तयार पारेको उक्त रेडियो कार्यक्रमा भनिएको छ – ‘इरानसंग रुससंग जस्तो शक्तिशाली सेना त छैन तर यिनिहरु ट्विट जस्ता सामाजिक सञ्जालको निगरानी गरिरहेका हुन्छन् । उनीहरुलाई इरानको रिवोल्युशनरी गार्डले चलाउने गर्छन् ।‘

साइवर सेना भएपनि इरान समय समयमा आफै ह्याकरको निशानमा पर्ने गरेको छ । अमेरिकी तथा इजरायली ह्याकरको मूख्य निसानामा इरान पर्ने गरेको छ । सन २०१४ मा इरानको तेल उद्योगमा साइवर हमला भयो र सम्पुर्ण डाटा बेस चोरी भएको थियो जसमा अमेरिकाको हात रहेको अनुमान गरिन्छ । त्यसको तीन महिनामा नै इरानले साउदी अरवका ३० हजार भन्दा बढी कम्प्युटरमा भएको ढाटा चोरी गरेको थियो । इरान र साउदी अरवलाई एक अर्काले स्थाइ सत्रुका रुपमा लिने गरेका छन् ।

 रुस, इरान पछि साइवर दुनियामा अर्को नाम हो उत्तर कोरिया जसमा साइवर सेना पुरा सरकारी  छन् । उत्तर कोरियाका सेनाले ह्याकर्स चलाउने गर्छन् । उत्तर कोरियाको जासुसी सस्था  आरजीबीले १३ – १४ बर्षको उमेरमा बच्चाहरलाई ह्यकर्सको तालिमका लागि विभिन्न देशमा पठाउने गर्छन् ।

उत्तर कोरियाका गणित र इन्जिनियरिङमा अबवल विद्यार्थीलाई सफ्टवेरको तालिम दिने गरिन्छ । बिबिसले उक्त रेडियो कार्यक्रममा दिएको सवै भन्दा महत्वपूर्ण विषय भनेको केहो भने – ‘उत्तर कोरियामा सामग्रीको अभावका कारण पहिला विद्यार्थीलाई कागजको बोर्डमा अभ्यास गर्न लगाइन्छ  । उक्त अभ्यासमा उतकृष्ठ विद्यार्थीलाई कम्प्युटरमा अभ्यास गराइन्छ’

उत्तर कोरियाका धेरै विद्यार्थीलाई चीन र अन्य एशियाका देशमा आइटीको अध्ययनका लागि पठाउने गर्छन् । यसरी अन्य देशमा गएका केही विद्यार्थी त्यही बसेर ह्याकिङ गर्ने र पैशा देशमा पठाउने गर्छन् । उनीहरुले ह्याकिङका लागि ८० हजार देखि एक लाख डलरसम्म लिने गर्दछन् । जानकारका अनुसरार २ देखि ३ हजार उत्तर कोरीयाली फ्रिल्यान्सरको रुपमा काम गर्ने गर्दछन् । उनीहरुको  निसानामा क्रेडिट कार्ड, बैंक खाता हुने गर्छन किनकी यहाबाँट राम्रो कमाइ हुने गर्छ । विशेषत उत्तर कोरीयाली ह्याकर्सको निसानामा ल्याटिन अमेरिकी देशहरु पर्छन् ।

यि संगै अन्य देशमा पनि आ- आफ्ना देशले साइवर सुरक्षालाई बढावा दिदै आएका छन् । अमेरिका,रुस,बेलायत,चीन जस्ता देशहरुका साइवर सेना शक्तिशाली छन् । देशको साइवर सुरक्षाका आधारमा विश्वलाई तीन भागमा विभाजन गरिएको छ । जसमा अमेरिका,रुस,चिन र इजराय पहिलो नम्वरमा पर्छन भने दोस्रो नम्वरमा युरोपका देशका साइवर सेना दोस्रो नम्बरमा पर्छन। तेस्तै इरान लगायतका देश साइवर सेनाको शक्तिका रुपमा तेस्रो शक्तिमा पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *