ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पृथ्वी नारायण शाहको त्यो वेलाको राजनीति, कुटनीतिक तथा शैन्य नीति अहिले पनि उत्तिकै सान्दर्भिक

द प्रेस नेपाल संवाददाता

काठमाण्डौं, पुस २७ । झण्डै ३०० बर्षअघि आइसे चौविसे राज्यहरुमा विभाजित नेपाललाइ एकीकरण अभियानबाट जोडेका राजा पृथ्वी नारायण शाहलाई आधुनिक नेपालको निर्माताका नेतृत्वका रुपमा लिने गरिन्छ । गोरखाका राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका जेठा छोराका रुपमा विक्रम सम्वत् १७७९ पौष २७ गते जन्मिएका थिए । राष्ट्रिय एकताका प्रतीकाका रुपमा लिइने उनको जन्मदिनलाइ राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ ।

सिंगो नेपाल एकीकरण गराएका उनको जन्मदिन २७ पुसलाइ राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएपनि पछिल्लो राजनीतिक परिवर्तनयता राज्यस्तरबाट यो दिवस मनाउन छाडिएको छ भने दिदै आएको सार्वजनीक विदा पनि कटौति गरिएको छ । २०६२ र ६३ को जन-आन्दोलनअघिसम्म काठमाडौंस्थित सिंहदरवारको पश्चिमीद्वार अघिल्तिरको पृथ्वी नारायण शाहको सालिकमा भेला भएर र फूलमाला अर्पण गर्दै पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाइन्थ्यो । त्यो पनि राज्य स्तरबाट ।

संघीय गणतन्त्र स्थापनापछि सिङ्गो नेपालका परिकल्पनाकार शाहलाई बिर्सिएको भन्दै अध्येताहरु संस्कृति जोगाउन पनि शाहलाइ सम्झनुपर्ने ठान्छन् । राज्य स्तरबाट कुनै कार्यक्रम नभएपनि नागरिक स्तरबाट भने उनको सालिकमा माल्यार्पण गरिएको छ । राष्ट्रिय एकता दिवसलाई पुन राज्यस्तरबाट मान्यता दिनु पर्ने पृथ्वी विधान अभियानका अभियन्ता भरत बस्नेतको तर्क छ ।

गोरखाबाट नुवाकोट जितेर काठमाडौं छिरेका पृथ्वीनारायणले ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरुमा विजय प्राप्त गरेको इतिहास छ । जसको सम्मानमा एकता दिवस मनाउँदै आएको भन्दै पुरानै अवस्थामा उनको सम्मान गर्दै सार्वजनीक विदा दिनु पर्ने अर्का अभियान्ता पेशल दाहालको भनाई छ ।

पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिनस्थ तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म विशाल नेपाल थियो । किर्तिपुर वासीका नाक कान काटिदिने आदेशबाट आलोचित भए पनि १७ धार्नी कान काटिएको भन्ने विषय अफवाह भएको जनाउछन् इतिहासका अध्येता प्रा दिनेशराज पन्त । पृथ्वी नारायण शाहका कट्टर विरोधीले १७ धार्नी कान काटेको भ्रम फैलाएको र उनका समर्थकले हैन भन्ने गरेको उनको भनाई छ । उनका अनुसार शाहले केही व्यक्तिको मात्र कान काटेको जनाउद्छन् ।

भक्तपुरको राजपरिवारसंग मितेरि साईनो, असल कुटनीति र दिव्योपदेश आजपर्यन्त उपयोगी मानिन्छ । उनको दिव्य उपदेशमा भएका विषयहरु शैन नीति, कुटनीतिक तथा आर्थिक नीति पनि उत्तिकै महत्वपूर्ण र सान्धर्विक रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *