ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्रालयमा फेरी निर्देशकको हेरफेर -डा वासुदेव पाण्डे मन्त्रालय,डा कृष्ण पौडेल इडिसिडि

काठमाडौं ,पुस २६ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रलय अन्तगर्त विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर भएको छ ।

मन्त्री त्रीपाठीले कान्ति बाल अस्पतालको निर्देशक डा कृष्ण पौडेललाई ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्बेबारी दिएका छन । भने कान्ती बाल अस्पतालका निर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिइएका  छन् ।

यसैगरी ईडिसीडीका निर्देशक डा बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ भने स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखामा डा मदन उपाध्यायलाई ल्याइएको छ ।तेस्तै डा रमेश खरेललाई विभाग अन्तरगर्त रहने गरी जिम्मेवारी तोकिएको छ ।

यस अघि पनि स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले नियम मिचेर कर्मचारी सरुवा गरेकव भन्दै आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *