ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं, पुस २७ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।

एकसाता अघि जन्मस्थान दैलेख पुगेका शाहीको आइतबार राति मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित शाही केही समयअघिदेखि सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए ।

शाही सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा शाही नेपाली राष्ट्रिय टिमको सदस्य थिए।

शाहीलाई नेपाली फुटबल जगतमा उत्कृष्ट गोलकिपरमा मानिन्छ ।

शाही सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव समेत बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *