ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकी राष्ट्रपित ट्रम्पमाथि महाअभियोग लगाउने तयारीअन्तिम चरणमा

एजेन्सी, पुस २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने तयारी अन्तिम चरणमा पुगेकाे छ ।

अमेरिकाकाे तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध महाअभियोगको तयारी भएको हो ।

सभामुख न्यान्सी पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्यूत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको सिएनएनले जनाएको छ ।

२५ औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टा भित्र जवाफ दिनु पर्ने छ। बुधबार गएको नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएको जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न तल्लो तथा माथिल्लो सदनको संयुक्त सत्र चलिरहेको थियो ।

सोही बेला हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पको उक्साहटमा उनका आक्रामक समर्थकले संसद भवनमा आक्रमण गरे । सो घटनामा प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ ।

चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएको आरोप ट्रम्पमाथि छ । सो घटनापछि ट्रम्प एक्लिएका छन् । लामो समयदेखिका उनका समर्थकहरुले पनि आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *