ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फराकिलाे जितसँगै टोटनह्याम एफए कपको चौथो चरणमा

एजेन्सी, पुस २७ । प्रिमियर लिग क्लब टाेटेनह्याम एफए कपकाे चाैथाे चरणमा प्रवेश गरेकाे छ । मारिनेलाई ५–० ले पराजित गर्दै टाेटेनह्याम चाैथाे चरणमा प्रवेश गरेकाे हाे ।

पहिलो हाफमा चार गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको हो। उसका लागि अल्भेस मोराइजले २४, ३० र ३७ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै ३२ औँ मिनेटमा लुकास मौरा र ६० औँ मिनेटमा डेविनले गोल गरे ।

आइतबार राति नै भएको खेलमा बिर्मिङ्गहमलाई ३–० ले पराजित गरेर म्यानचेस्टर सिटीले पनि चौथो चरणमा स्थान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *