ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने पूर्वराजाको सुझाव

काठमाडौं, पुस २७ । राजस्थाको अन्त्यसँगै पदच्युत भएका पूर्वराजा ज्ञानेन्द्रले राजगद्दी त्यागेर साहस र इमानदारी देखाएको सन्देश दिएका छन् ।

पृथ्वीजयन्तीका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा पूर्वराजाले नेपाल निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायको विशिष्ट योगदानलाई समेत सम्झिएका छन् ।

‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं,’ हाल झापामा रहेका पूर्वराजाले उतैबाट जारी सन्देशमा भनेका छन, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन् । संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’

साथै पूवराजा ज्ञानेन्द्रले जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको पनि उल्लेख गरेका छन । उनले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्नेसमेत सुझाव पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *