ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

केपी ओलीको बयलगाडा अनेरास्ववियूले देशभर गुडायो

सेयर गर्नुहोस
  • 114
  •  
  •  
  •  
    114
    Shares

काठमाण्डौं, पुस २६ । संसद विघटन पश्चात देशभर विभिन्न प्रकारका आन्दोलन भइरहेका छन् । नेकपाको ओली इत्तर समुहदेखि प्रतिपक्षी दल सहित नागरिक समाजले विभिन्न प्रकारका कार्यक्रम गर्दै आएको छ ।

नेकपाको प्रचण्ड- माधव निकट विद्यार्थी संगठनले नयाँ नयाँ तरिकाबाट विरोध जनाउदैँ आएको छ । केही दिन अघि दिउसै लालटीन बालेर संविधानमामा कतै नलेखिएको भन्दै सांकेतिक प्रदर्शन गरेको थियो । त्यही विद्यार्थी संगठनले बयलगाडा सहित देशभर प्रदर्शन गरेको छ ।

२०६२-६३ ताका नेपालमा गणतन्त्र ल्याउनु वयलगाडा चढेर अमेरिका पुग्नु जस्तै भएको टिप्पणी गर्ने व्यक्ति प्रधानमन्त्री भएको र अहिले सविधानमा टेकेर संसदको उपहास गरेको भन्दै वयलगाडा सहित प्रदर्शन गरेको अनेरास्ववियूका केन्द्रिय सदस्य अशोक थापाले जानकारी दिए ।

पूर्व निधारीत कार्यक्रम अनुसार अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो । अनेरास्ववियूले सडकबाटै संसद पुनस्थापना गराएर छोड्ने थापाको भनाई छ । तेस्तै विरोध गर्न कैलाली पुगेका अनेरास्ववियूका विद्यार्थी नेता सुदेश पराजुलीले वयलगाडा चढियो तर अमेरिका पुगिएन भन्दै व्यङ्ग गरे ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फी विरोध भैरहेको छ । राजनीतिक दल तथा तिनका भातृसंस्था तथा नागरिक समाजले समेत प्रत्येक दिन जसो प्रदर्शन गरिरहेका छन । यसैक्रममा आइतबार नेकपा दाहाल- नेपाल समुहले सडकमानै संविधान बाचन गरेर ओलीको कदमको विरोध गर्यो । उक्त कार्यक्रममा पुगेका पूर्ववन्यायाधिवक्ता रमण श्रेष्ठले संविधानमा कहि नभएको व्यवस्था प्रधानमन्त्रीले टेकेको जनाएका जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *