नेपालमा कोरोना भाइरसविरुद्वको भ्याक्सिन ल्याउने तयारी
11 - 11Shares

काठमाडौं ,पुस २६ । राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने बताउनु भएको छ ।
कोरोनाको भ्याक्सिन ल्याउने तयारी भइरहेको र छिटै भ्याक्सिन ल्याउने बताउनुभयो । राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले कोभिड-१९ रहेकोले सामाजिक दुरी कायम गर्नुका साथै जनतामा जनचेतना फैलाइरहेका छौ , तातो पानी खान सबैलाई आग्रह गरिरहेकै छौं र यसको सामना पनि गरिरहेकैं छौं ।केही समय कोरोनाको संक्रमणदर बढेपनि अहिले कम हुँदै गइरहेको छ।
प्रधानमन्त्रि ओलीले आफु नेतृत्वको सरकारका लागि सबैभन्दा बढी महत्वपूर्ण जनताको जीवनरक्षा गर्ने काम गरेको समेत दाबी गर्नुभयो । जनताको जीवन सुरक्षा गर्ने यो सरकारको पहिलो कर्तव्य हो। हामीले त्यही मूल मन्त्रलाई आत्मसात गर्दै काम गर्दै आएको समेत जानकारी गराउनुभयो ।