चिसो मौसममा टनसिल किन बढ्छ, यस्ता छन् घरेलु उपचार

काठमाडौं ,पुस २६ । हाम्रो शरिरको मुखको भित्री भागको माथिल्लो सतहमा दुई गाँठा हुनेगर्छन , जसलाई सामान्य बोलीचालीको भाषामा टनसिल भनिन्छ ।यो चिसो बढेसंगै टनसिल सुन्निने समस्या धेरै हुन्छ ।
टनसील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा पनि हो । टनसिल सुन्निए पछि खानपिनमा समस्या मात्र नभइ ,ज्वरो एक सय डिग्री भन्दा बढी आउने शरीर शिथिल बनाउने , थुक निल्न कठिन हुने हुन्छ ।
टनसिल भएपछि घाँटी सुनिनुका साथै ,घाँटीमा खसखस हुने,र्याल,थुकसमेत निल्न गाह्रो हुने र बोल्न समेत कठिनाइ हुने त्रिवि शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा निरज बम बताउछन् ।
त्यसैले चिसोमा विशेष गरि खानपान देखि हरेक कुरामा सतर्कता अपनाउनु पर्ने विज्ञहरु बताउछन् । टन्सिललाइ सामान्य लिदा मानिसको मृत्युु सम्म हुन सक्ने उनिहरुको भनाइ छ ।
टनसिलको घरेलु उपचार कसरी गर्न सकिन्छ त ?
- मनतातो पानीमा फिटकिरी मिसाएर उठ्नेबित्तिकै र सुत्नेवेलामा कुल्ला गर्ने
- तुलसी तथा खयरको बोक्रा लशून, दिनमा ३–४ पटक पिउने
- बाफ लिने
- घाँटीमा तातो कपडा वा गलबन्दी बाँध्ने ।
- चुरोट, तमाखु, खैनी जस्ता पदार्थको सेवन नगर्ने ।
- बासी, दूषित, बेमेल र अप्राकृतिक, चिसो भोजन नखाने ,