हराइरहेको इन्डोनेशियाली विमानकाे दुर्घटना भएको ठाउँ पत्ता लाग्यो

काठमाडौं, पुस २६ । बिहीबारबाट हराइरहेको इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।
बिहीबार बिहानदेखि वेपत्ता भएको विमानको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन ।
बीबीसीका अनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ । इन्डोनेशियामा ६२ जना यात्रु चढेको विमान उडेको चार मिनेट पछि नै सम्पर्क विहिन भएको थियो ।
चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ ।
जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो ।