ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इन्डोनेशियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमै ६२ यात्रु सवार विमान बेपत्ता

एजेन्सी, पुस २६ । इन्डोनेशियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमै एक यात्रु विमान बेपत्ता भएको छ ।

बेपत्ता भएकाे विमान अझै सम्पर्कमा अाएकाे छैन । उक्त विमान समुद्रमा खसेकाे अनुमान लगाउन थालिएकाे छ ।

श्रीविजया एयर बोइंग ठघठ–छण्ण् विमान जकार्ताबाट उडेको केही समयमा वेस्ट कलिमनतन प्रान्तमा पुगेसँगै विमान सम्पर्कबिहिन भएको अलजजीराले उल्लेख गरेको छ । 

 विमानमा ५६ यात्रुसहित चालकदलका ६ जना रहेको बताइएको छ । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो । इण्डोनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *