ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

काठमाडौं, पुस २६ । प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने माैमपूर्वानुमान शाखाले जनाएकाे छ ।

हाल देशभरको मौसममा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। हाल देशका केही भू–भागको मौसममा आंशिक बदली रहेको छ।

आज विहान काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ को मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १ को मौसममा आंशिक बदली रहने सम्भावना छ । त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *