ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीलाई कांग्रसको चुनौति- चुनाव नगराए सडकबाटै हटाउनेदेखि खुलामञ्चमा बहशसम्म

द प्रेस नेपाल संवाददाता

काठमाडौं,पुस २५ । पुस ५ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले दोस्रो चरणको विरोध कार्यक्रम देशैभर गरेको छ । देशका ३ सय ३० वटै प्रदेश सभामा एकसाथ विरोध कार्यक्रम गरेका कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र अहंकारले प्रतिनिधिसभा विघटन गरेको भन्दै जनमतको घोर अपमान भएको बताएको हो । दोस्रो चरण अन्तर्गत शनिवार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गर्दै असंवैधानिक कदम सच्चाउन माग गरेको छ ।

विभिन्न प्रदेश निर्वाचन क्षेत्रमा पुगेका कांग्रेस नेताहरुले प्रधानमन्त्रीले चुनाव गराएनन् भने सडकबाटै हटाउने चुनौति देखि प्रधानमन्त्रीलाई भगौडा सम्मको सज्ञा दिएका छन् ।

सभापति शेरबहादुर देउवाले विरोध सभालाइ सम्वोधन गर्दै असंवैधानिक कदम सच्चाउन विरोध कार्यक्रम गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन भएकोले यो गर वा त्यो नगर भनेर अदालतलाइ दबाब नदिने र अदालतको आदेश मान्ने बताए ।

सर्वोच्च अदालतले निर्वाचनमा जा भने निर्वाचनमा जान तयार रअको भन्दै सभापति देउवाले देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताकोमा जानुपर्ने बताए ।

अदालतले निर्वाचन गराए ओलीले निर्वाचन गराउनै पर्ने नत्र जतनाले जनताले ओलीलाई सडकबाटै हटाउने जनाएका छन् उनको भनाई छ-  ‘निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्छ’

नेपाली कांग्रेसका नेता एबं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नेकपालाई इतिहासमा मित गर्नुपर्ने बेला आएको जनाएका छन् । २००७ सालको क्रान्तिदेखि देशका १७ हजार भन्दा बढी जनताको ज्यानलिनेलाई पनि डोर्याएर लोकतन्त्रमा ल्याउने पार्टी काङ्ग्रेस नै भएको बताउँदै लोकतन्त्रको सम्बाहक काङ्ग्रेस बाहेक अरु हुन नसक्ने दावी गरे ।

लोकतन्त्रको बिरोधी भष्माशुरलाई राणा र राजालाई हटाए जसरी हटाउनुपर्ने भन्दै-  ‘घरमा धतुरोको बोट रोपेर सुन्तला खान पाइदैन, कम्युनिष्टको बोट रोपेर लोकतन्त्र बँच्दैन’ टिप्पणी गरे ।

तेस्तै नेता प्रकाशमान सिंहले वैशाखमा तोकिएको चुनाव कुनै हालतमा हुन नसक्ने दावी गरेका छन् । ‘दुईतिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर, संसद्मा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहको प्रश्न छ । संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए उनको भनाई छ ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ ! त्यसैले, असंवैधानिक कदम सच्चाउनुपर्छ ।’

देशका विभिन्न प्रदेशसभामा पुगेका कांग्रेस नेताहरुले ५ बर्षलाइ जनताले दिएको जनमतको नेकपाको ओली नेतृत्वको सरकारले अपमान गरेको आरोप लगाए । असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्न कार्यकर्तालाइ निर्देशन दिए । ओलीले सजिलै चुनाव गर्छन भन्ने भ्रममा नबस्न आग्रह गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र  महामन्त्री डा. शंशाक कोइरालाले खबरदारी गरिरहन आग्रह गरे ।

सहमहामन्त्री डा प्रकाशहरण महतले केपी ओली नेतृत्वको सरकार तानाशाही हो भनेर कांग्रेसले घोषणा गरेको स्मरण गर्दै त्यसको परिणाम अहिले देखिएको बताएका छन् । शुरुमै विरोध गर्दा जनताले यो सरकारले केही गर्‍थ्यो कि कांग्रेसले विरोध गर्यो भन्ने गरेका थिए, जुन कुरा भ्रम मात्र भयो ।

आफूलाई झुक्याएको कम्युनिष्ट सरकार अब भने नेपाली जनताले छर्लंग देखेको र सत्तामा नरहने अवस्था आएपछि संसद नै विघटन गरिदिएको प्रधानमन्त्री केपी ओलीको शैलीले देशमा कम्युनिष्ट सर्वसत्तावादबाट जनता हैरान भएको उनको भनाई छ । नेपाली कांग्रेस वर्तमान संविधान जारी गरेको पार्टी भएकोले यसको रक्षा र देशमा लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि सर्वोच्चको फैसला कुरेर सोही बमोजिम जनतामा जाने योजनामा रहेको समेत प्रष्ट पारे ।

संविधानमा ५ बर्षमा मात्रै अद्यावधीक निर्वाचनको ब्यवस्था रहेकोले नेकपाभित्रको घर झगडाले प्रतिनिधीसभा विघटन हुनु दुर्भाग्यपूर्ण भएको कांग्रेस नेताहरुको भनाइ छ । यो कठिन अवस्थामा संसदीय ब्यवस्थामाथी नै गम्भीर प्रश्न उठेकोले यसलाइ रक्षा गर्न र जनताको भावनालाइ आत्मसात गरेर असंवैधानिक कदम सच्चाउन दबाब दिनुपर्ने उनीहरुको भनाई छ ।

निकै आक्रामक शेलीमा प्रस्तु भएका युवा नेताहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न र चुनौतिका चाङ गलाएका छन् । युवा नेता गगन थापाले संविधानको व्याख्या गर्न अग्नी खरेल र सुवास नेम्वाङलाई बोकेर ल्याउन प्रधानमन्त्री ओलीलाई चुनौति दिएका छन् । उनको भनाई छ-  ‘संसद बिघटन गर्नु अनाधिकृत काम हो। संवैधानिक हो या होइन वहसको बिषय नै होईन यो अनाधिकृत हो। कमरेड ओलीलाई खुला चुनौती, तपाई सुवास नेम्वाङ र अग्नी खरेल बोकेर आउनुस् हामी संविधान जारी गर्ने रामवरण यादव लिएर आउँछौं। खुलामञ्चमा बहश गरौं।’ 

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोकरका रुपमा समेत तुलना गरेका छन् । उनले कार्यकर्तालाई संयमित भएर सोच्न समेत आग्रह गर्दै प्रधानमन्त्री खोजेकोकी जोकर भन्दै प्रश्न गरे उनको प्रश्न थियो – ‘तपाइँहरुले प्रधानमन्त्री खोजेको होकी जोकर खोजेको हो ?’ 

तेस्तै युवा नेता तथा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कमन्युष्ट सिदान्तको विवादका कारण माक्स नेपालमा भएको भए नेपाली कांग्रेसको सदस्यता लिने टिप्पणी गरे । कमन्षुष्ट पार्टीले आफु अनुकुल व्याख्या गर्दा सवै अलमलमा परेको भनको भनाई छ । शर्माले मदन भण्डारीको जनताको बहुदलिय जनबाद कुन खोलामा लगे बगाउनु भयो भनी प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *