नेपाल आयाल निगमलाई प्रविधिमैत्री वनाउन काठमाडौं विश्वबिद्यालयसँग सहकार्य गर्ने
पुस २५, काठमाडौं

नेपाल आयाल निगमले आफ्नो भण्डारण क्षमतालाई तिव्ररुपमा विस्तार गरिरहेको छ । यसै सन्दर्भमा निगमलाई थप प्रविधिमैत्री तथा डिजिटल वनाउनका लागि निगमले काठमाडौं विश्वविद्यालयसँग प्राविधिक साहेयता लिने तयारी गरेको छ । विगत लामो समयदेखी विश्वबिद्यालय र निगमविच कसरी अगाडी वढ्न सकिन्छ भनेर छलफल भइरहेको सन्दर्भमा शुक्रवार भने सहमतिपत्रमा हस्ताक्षर भएको निगमले जनाएको छ ।

विश्वविद्यालयसँगको सहकार्यले निगम थप अत्याधुनिक, प्रविधिमैत्री र सवल संस्थाको रुपमा विकास नेपाल आयाल निगमले विश्वास लिएको छ ।