विश्व काेराेना अपडेटः ७ लाख ७९ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं, पुस २५ । विश्वभर पछिल्लो २४ घण्टामा सात लाख ७९ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा १४ हजार १०१ जनाको ज्यान गएकाे छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ९२ लाख ९० हजार ३२३ र मृत्यु हुनेको संख्या १९ लाख २० हजार २२१ पुगेको छ भने थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६३ हजार ७२७ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ४१३ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार ४८१ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २२९ जनाले कोरोनाका कारण मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५४ हजार २४७, इटलीमा १७ हजार ५३३, ब्राजिलमा ५४ हजार २४७, जर्मनीमा २५ हजार ७५३, रसियामा २३ हजार ६५२, फ्रान्समा १९ हजार ८१४, कोलम्बियामा १८ हजार २२१ तथा इरानमा ६ हजार २५१ जना नयाँ संक्रमित थपिएका छन ।