ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी क्षेत्रको मौसम सफा रहने

काठमाडौं, पुस २५ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको अवस्थामा हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ । यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको वायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र लुम्बिनी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *