ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री भन्छन् माघ १ गते परराष्ट्रमन्त्रीको भारत भ्रमण तर मन्त्रालयलाई थाहा छैन

काठमाडौं, पुस २५ । निकै दलबल सहित सुदूरपश्चिमको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञावली माग १ गते भारत भ्रमणमा जाने बताएका छन् ।

सुदूरपश्चिमको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भारतसँग विभिन्न विषयमा छलफल गर्न ज्ञवाली भारत जान लागेको बताए हुन ।

तर, परराष्ट्र मन्त्रालयले भने मन्त्रीको भारत भ्रमणको बारेमा अहिले छलफल मात्र भइरहेको बताएको छ । मन्त्रालयको प्रवक्ता सेवा लम्सालले भारत जाने तयारी गरिएको भएपनि कहिले जाने र के–के विषयमा छलफल गर्ने भन्ने विषय टुङ्गो लागिनसकेको बताइन् ।

उनले यो विषयमा टुङ्गो लागेपछि भ्रमणमा जानुभन्दा अगाडि यस विषयमा पत्रकारलाई पनि जानकारी गराउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *