भ्याक्सिन आएकाे दुई दिनभित्र लगाउने वातावरण मिलाउन स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं ,पुस २४। स्वास्थ्य मन्त्रीहृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सेवा विभागको अनुगमन गर्नु भएको थियो ।अनुगमनको क्रममा मन्त्री त्रिपाठीले नेपालमा कोरोनाविरुद्वको भ्याक्सिन आएको दुुई दिन भित्र लगाउन मिल्ने गरि काम गर्न निर्देशन दिनुभएको छ ।
अनुगमन गर्ने क्रममा मन्त्री त्रिपाठीले कोरोना भ्याक्सिनका ल्याएपछि चाहिने आधारभूत आवश्यकताहरुको तयारीका बारेमा जानकारी लिदा स्वास्थ विभागले चित्त बुझ्दो काम नगरेको र अहिलेसम्म भ्याक्सिनको बारेमा कुनै पनि तयारी नगरेको भन्दै छिटोभन्दा छिटो खोप ल्याउनका लागि सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको हो ।
स्वास्थ्य सेवा विभाग अनुगमनको क्रममा मन्त्री त्रिपाठीले कोरोना विरुद्धको भ्याक्सिन ल्याएको २ दिनभित्र स्वास्थ्यकर्मीलाई दिने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने गरी तयारी गर्न समेत निर्देशन दिएका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ सेवा विभागले शुक्रबार एक सुचना जारी गरेको छ ।जसमा पहिलो चरणमा भ्याक्सिन लगाउनका लागि अग्रपंक्तिमा खटिएर काम गरेकाहरुको विवरण छिटो भन्दा छिटो सम्बन्धि जिल्लाको कार्यलयमा समन्वय गरि पठाउन अनुरोध गरेको छ ।
