ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदुरपश्चिम पुगरे प्रचण्ड,अग्नी सापकोटा र भिम रावलाई खुइल्याउदै प्रधानमन्त्रीले दिए १० सिट जित्न प्रचण्ड-माधवलाई चुनौति

कैलाली,पुस २४ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक भाषण वा अन्तरवार्तामा नेपाली जनजीवनमा प्रयोग हुने उखान टुक्का तथा अर्कालाई खुइल्याउन सक्ने कुशल क्षमता पाइन्छ । कहिले बयलगाडा चढेर अमेरिका पुग्न नसकिने त कहिले आफ्नै सहकमर्मिको क्यारीकेचरले भाषण निकै चाख लाग्दो हुने गर्छ । पछिल्लो समय संसद विघटन पश्चात सहकर्मी प्रचण्ड- माधव समुहलाई चिड्डयाउन निक्कै समय खर्चन थालेका छन् ।

संसद विघटन पश्चात पहिलो पटक काठमाडौं छोडेर सुदुरपश्चिम पुगेका ओलीले उखान टुक्का भन्दा प्रचण्ड- माधव समुहका नेताहरुलाई तारो बनाए । सभामुख अग्नी सापकोटालाई किर्ते देखी नानी भन्दा नाना ठूलो देखि आपु जेलमा हुदाँ प्रचण्ड गोर्खामा पढाइ रहेको तथा आगामी निर्वाचनमा १० सिट जीतेर देखाउन समेत चुनौति दिन भ्याए ।-

प्रधानमन्त्री तथा नेकपा ओली समुहका अध्यक्ष केपी ओलीले सुदुरपश्चिम पुगेर  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कीर्ते गरेको आरोप पुनः लगाउन भ्याए ।  “अविश्वासको प्रस्ताव गर्दा जाली कुरा पनि कत्ति गरेको हो क्या? संसद भग भइसकेपछि अविश्वासको प्रस्ताव दर्ता गरेछन्,” ओलीले भने, “संसद भंग भएपछि ३:३० अविश्वासको प्रस्ताव हालेको छ, सभामुखले १०:३० बनाइदिएर हस्ताक्षर गरेछन्। जति नै ठूलो पदमा गए पनि कीर्ते गर्नेको आदत र बानी भने हट्दो रहेनछ।” 

तेस्तै प्रधानमन्त्री ओलीले प्रचण्ड – माधव समुहका नेता भिम रावललाई  इङ्गित गर्दै पुलिसले पक्राउ गरेर ल्याएपछि छोडाएर राजनीतिमा ल्याएको बताएका छन्।  “अछामको एउटा केटो पुलिसले पक्राउ परेर ल्याएछ, त्यसलाई पछि मैले राजनीतिमा ल्याएँ,” ओलीले भने, “अब अहिले मान्छेभन्दा कुरा ठूलो गरेर हिँडेको छ, भन्छन् नि– नानीभन्दा नाना ठूलो, यस्तै भइरहेको छ, को हो त्यो? म नाम लिन चाहन्नँ।

तेस्तै ओलीले प्रचण्ड- माधव  समुहलाई १० सिट जितेर देखाउन चुनौति दिएका छन् । उनले भने – “अब आउने चुनावमा दुई अंकमा जितेर देखाउनुहोस, म चुनौतीमा दिन्छु ।  देशभरबाट १० सिट ल्याएर देखाउनुहोस्, अनि मानौँला।”

तेस्तै ओलीले प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डलाई आफु जेलमा बसेको बेला उनी गोर्खाको कुनै विद्यालयमा पढाइरहेको टिप्पणी गरेका छन् । “म झापाको पार्टी अध्यक्ष २०२५ सालमा भएको हुँ, माधवजी २०२९ सालमा महेन्द्र मोरङमा पढ्दै हुनुहुन्थ्यो, मैले नै भनेर उहाँलाई राजनीतिमा ल्याएको हुँ  । प्रचण्डजी त २०३८ सालतिर गोरखामा मास्टरी गर्दै हुनुहुन्थ्यो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *