कोरोना महामारीको अवस्था पत्ता लगाउन सात वटै प्रदेशका तीन लाख नागरिकहरुमा एन्टिजेन परिक्षण गर्दै सरकार

काठमाडौं ,पुस २४। नेपालमा अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सात वटै प्रदेशका तीन लाख नागरीकको एन्टिजेन परीक्षण गर्ने भएको छ । एन्टिजेन परिक्षणबाट तुरुन्तै संक्रमित पत्ता लगाउन सकिने भएकोले समुदायस्तरमा महामारी रोक्न यसले धेरै सहयोग पुर्याउने सक्ने विज्ञहरुले बताएका छन् ।
अहिले समुदायमा संक्रमणको अवस्था कस्तो छ भनी पत्ता लगाउन पनि छिटो र छरितो हुने भएकोले एन्टिजेन परिक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयका विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले बताए ।
अहिले जसरी कोरोना संक्रमितको संख्या घटेर गइरहेको छ । अझ यसलाई शून्य लेवलमा पुर्याउन र कन्टेनमेन्ट गर्न एन्टिजेनले सहयो गर्ने छ ।
एन्टिजेन परिक्षणको रिपोर्ट आधा घण्टामा नै आउने हुनाले छोटो समयमा नै संक्रमण पत्ता लगाउन र केही हदसम्म भए पनि नियन्त्रण गर्न समेत सहज हुने रोग नियन्त्रण महाशाखा निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिनुभयो ।
एन्टिजेन परिक्षणका लागि कहाँ गर्दा उपयुक्त हुन्छ र कहाँ गर्नु पर्छ भनेर इडिसिडिले गाइडलाइन बनाइदिएको छ । र काम गर्ने भनेको प्रदेश सरकार , र स्थानिय सरकारले गर्ने हो आफुहरुको काम भनेको गाइडलाइन बनाइदिने र सहयोग गर्ने डा पाण्डेले बताए।
विभिन्न देशहरुमा नयाँ प्रजातिको भाइरसहरु देखा परिरहेको बेला नेपालमा पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको विज्ञहरु बताउछन ।नेपालमा जुनसुकै बेला पनि महामारी फैलिन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने जरुरी रहेको विज्ञहरु बताउछन ।
नेपालमा पनि महामारी नियन्त्रण र रोकथामका लागि भनेर नै एन्टिजेन परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्ने भएकोले संक्रमित ब्यक्ति पहिचान गरी बेलैमा अलग गर्न सकियो भने यसको रोकथाम तथा नियन्त्रण गर्न सजिलो हुने विज्ञहरु बताउछन् । मानिसहरुको आवागमन तथा सम्पर्क बढि हुने स्थानमा संक्रमितको अवस्था पहिचान गर्न एन्टिजेन प्रभावकारी मानिन्छ ।