ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ५५४ जनामा कोरोना पुष्टि,६ जनाको मृत्यु

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं,पुस २४ । स्वास्थ्य मन्त्रालयका अनुशार गत चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार २ सय ६९ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा २ सय ७ जना सहित देशभर ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६४ हजार १ सय ५९ जना रहेका छन् ।

देशभर कोरोना संक्रमणका कारण थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात दुइ रहेको छ ।


देशभरबाट कोरोना मुक्त ५ सय ८५ जना भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ५७ हजार २ सय २९ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९७ दशमलव चार रहेको मन्त्रालयले जनाएको छ ।


देशभर क्वारेन्टिनमा ३ सय ३८ जना र संक्रिय संक्रमित संख्या ५ हजार २९ जना रहेका छन्। विभिन्न अस्पतालमा उपचारत १ सय ८२ जना र भेन्टिलेटरमा ३७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *