संवैधानिक दिशाविहीनताको अवस्था सृजना हुनसक्ने भन्दै सजग रहन पूर्व प्रधानन्यायाधीशहरुको आग्रह
काठमाडौं पुस २४ । पूर्व प्रधानन्यनधीशहरुले केपी ओलीको संसद विघटनको कदम असंवैधानिक भएको जनाएका छन । पूर्व प्रधानन्यायानधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै विघटनको कदम असंवैधानिक भएको जनाएका हुन् ।
शुक्रबार बिज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै आक्रषित नै नहुने धारा उल्लेख गरिउको जनाएका छन् । बिज्ञप्तिमा भनिएको छ – ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’
प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भन्दै भनिएको छ -‘प्रष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तरनिहित रहेको भन्न, अधिकार सृर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन’ । संवैधानिक दिशाविहीनताको अवस्था सृजना हुनसक्ने तर्फ संङ्केत गर्दै उनीहरुले भनेका छन् – ‘संविधान कार्यान्वयन गर्दा संविधान विपरित संवैधानिक निशान्तरणलाई मान्यता दिने हो भने संविधानको कुनै पनि संरचना वा प्रावधान दुरुपयोग हुन सक्ने भई संवैधानिक दिशाविहीनताको आयाम सृजना हुनसक्ने भय रहन्छ ।’