ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वभर ७ लाख ८७ हजारभन्दा बढी संक्रमित थपिए, १४ हजार १९० जनाको मृत्यु

काठमाडौं, पुस २३ । विश्वभर गत २४ घण्टाभित्र सात लाख ८७ हजार २९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार १९० जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ८४ लाख ४६ हजार २७२ र मृत्यु हुनेको संख्या १९ लाख पाँच हजार ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ४३ हजार ३२४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ७१० जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १८ हजार १०४ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २३४ जनाका कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५२ हजार ६१८, इटलीमा १८ हजार २०, ब्राजिलमा ८७ हजार १९४, जर्मनीमा २७ हजार ९८९, रसियामा २३ हजार ५४१, फ्रान्समा २१ हजार ७०३, कोलम्बियामा १७ हजार ५७६ तथा इरानमा ६ हजार ३६० जना नयाँ संक्रमित थपिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *