ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्व र सुदूरपश्चिम क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

काठमाडौं, पुस २४ । हाल नेपालको मौसममा भारतको कर्णाटकदेखि गुजरातमा उत्पन्न न्युन चापीय रेखाको आंशिक प्रभाव रहेको छ ।

हाल प्रदेश १ को पहाडी भू–भागको मौसम आंशिक बदली भएको छ । तराईका भू–भागमा हुस्सु् र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो ।

यसैगरी आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।देशका बाँकी भू–भागको मौसममा आंशिक बदली हुन सम्भाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *