२०२१ मा विश्वको आर्थिक बृद्धिदर ४ प्रतिशत हुदाँ नेपालमा ०.६ प्रतिशत बृद्धिहुने प्रक्षेपण

काठमाडौं, पुस २४ । विश्व बैंकले हालै सर्वजनिक गरेको प्रतिवेदन अनुसार सन् दुई हजार २१ मा विश्को आर्थिक बृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । तर सन् दुई हजार २० मा झिनो अंकले सकारात्क रहेको नेपालको आर्थिक बृद्धिदर भने शुन्य दशमलब ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।
कोभिडका बीच सरकारले आर्थिक बर्ष दुई हजार ७७÷७८ को बजेट ल्याउदै ७ प्रतिश आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको थियो । तर विश्व बैंकले बुधबार सार्वनिक गरेको सन् दुई हजार २१ को आर्थिक प्रक्षेपणमा नेपालको आर्थिक बृद्धि दर शून्य दशमलब ६ प्रतिशत मात्रै हुने प्रतिवेदन सार्वजनिक गरेको छ ।
सन् दुई हजार २० मा विश्वको अर्थतन्त्र ऋणात्मक रहेपनि पछिल्लो समय विश्वका ठूला कम्पनीहरुको कोभिडको भ्याक्सिन निर्माण गर्दै गएपछि विश्व बैंकले सन् दुई हजार २१ मा विश्वको आर्थिक बृद्धि दर ४ प्रतिशत हुने प्रक्षेपण गरेको हो । तर सन् दुई हजार २० मा शुन्य दशमलब २ प्रतिशत आर्थिक बृद्धि भएको नेपालमा भने सन् दुई २१ मा पनि शुन्य दशमलब ६ प्रतिशत मात्रै आर्थिक बृद्धि हुने देखाएको छ । सरकारले जेठ १५ मा ल्याएको बजेटले ७ प्रतिशतको आर्थिक बृद्धि हुन्छ जस्ता हावा कुरा गरेकोले बजेटको पुनरावलोकन हुन पर्ने अर्थविद् प्रा डा. अच्युत वाग्लेको भनाई छ ।
पुरक बजेट ल्याई आवश्यक क्षेत्रमा राहत प्यकेजको घषणा गर्नु पर्ने उनको बुझाई छ । सन् दुई हजार २० मा २१ प्रतिशत आर्थिक ऋणात्मक रहेको माल्दीपको अर्थतन्त्र भने सन् दुई हजार २१ मा भने ९ प्रतिशतले बृद्धि हुने विश्व बैंकको तथ्याङकले देखाएको छ ।
विश्वका धेरै देशहरुले विभिन्न किसिमका आर्थिक प्याकेज ल्याउनुका साथै भ्याक्सिन खरिदमा जुटेका कारण अर्थतन्त्र सुधार उन्मुख रहेको अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाई छ । विश्व बैंकको तथ्याङ्क राजनीतिक उथलपुथल पूर्वको भएको र निर्वाचन हुने हो भने अझ तल जाने उनको विश्लेषण छ ।
विश्व बैंकको सर्वजनिक गरेको तथ्याङक अनुसार साउथ एसियामा सबै भन्दा बढि माल्दीपको अर्थतन्त्र २१ दशमलब ५ प्रतिशतले घटेको थियो भने सन् दुई हजार २० मा ९ दशमलब ५ प्रतिशले बढले प्रक्षेपण गरेको छ । त्यस्तै ९ प्रतिशतले ऋणात्मक रहेको भारतको अर्थतन्त्र सन् दुई हजार २१ मा ५ दशमलब ४ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेको छ ।
त्यस्तै कोरोनाका उद्गमस्थल मानिएको चिनमा सन् दुई हजार २० मा २ प्रतिशत आर्थिक बृद्धि रहेको थियो भने सन् दुई हजार २१ मा ७ दशमलब ९ प्रतिश आर्थिक बृद्धि हुने विश्व बैंकको प्रक्षेपण रहेको छ ।