ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल पुस २४ गते शुक्रबार तदनुसार सन २०२१ जनवरी महिनाको ८ तारिख, पौष कृष्ण पक्ष, हेमन्त रितु, दक्षिणायन सुर्य, स्वाती नक्षत्र, दशमी तिथी, धृति योग, वणिज करण, आज चन्द्रमा बेलुकी ६ बजेसम्म तुला राशीमा रहने छ, आजको अभिजित अर्थात शुभ मूहुर्त बिहानको ११ बजेर ५० मिनेटबाट १२ बजेर ३१ मिनेटसम्म रहनेछ । आजको अमृत समय बिहान ९ बजेर ३४ मिनेटबाट १० बजेर ५२ मिनेटसम्म रहनेछ ।  आजको राहुकाल बिहान १० बजेर ५२ मिनेट देखि १२ बजेर ११ मिनेटसम्म रहने छ,

मेष राशी:  चे, चो, ला, लि, लु, ले, लो, अ

दिन राम्रो रहनेछ, विवाहसम्बन्धि आइरहेका अप्ठयाराहरुलाई आज समाधान गर्ने अवसरको रुपमा लिनुहोला, विवादमा सफलता पाइने, शत्रबाधाबाट मुक्त भइने, कतैबाट धन अथवा सामाग्रीको प्राप्ति योग पनि बनिरहेको छ, सकारात्मक हुनुभयो भने आज नजिकका व्यक्तिहरुबाट माया प्रेम पाइने अथवा आफूले अभिव्यक्त गर्न सकिने सम्भावना प्रबल छ । साझेदारी कार्यमा लाभ लिने खालको दिन छ, 

वृष राशी:  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

दिन शुभ रहने छ । कार्य सफलता, शत्रु पीडाबाट मुक्ति, धनआगमन,  अन्न तथा वस्त्रलाभ गराउनुको साथै आफ्नै घरमा आनन्दमय वातावरणमा रमाइलो जमघट वा मिठो भोजन सहितको भलाकुसारी हुन सम्भावना छ, चिनामा कुनै खराब ग्रहको दशा चलिरहेको छ भने चाँही ग्रह शान्ति उपाय गर्नुहोला।

मिथुन राशी:  का, कि, कु, घ, ङ, छ, के, को, हा

केही कुराले मन खिन्न हुन सक्छ, कार्यक्षेत्रमा बाधा वा मतभिन्नता आउन सक्छ, खर्चहरु थपिने, गरिएका निर्णयहरु गलत हुन सक्ने, कुटुम्ब वा सहकर्मीहरुसित असमझदारीको स्थिति आउन सक्ने, शारिरिक शिथिलता लगायत अन्य खालको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना भएकोले सचेत रहनु होला,

कर्कट राशी: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विश्वास गरेकाहरुले निराश गर्नेछन् , धन, पैतृक सम्पत्ति वा आर्थिक कुराहरुसँग सम्बन्धित समस्याहरुले सताउने सम्भावना छ, रोगव्याधि तथा शत्रुपक्षबाट पनि सतर्क रहनुहोला, घरेलु झगडा, कार्य हानी, भोजन तथा निद्रामा असुविधा, मित्रहरुबाट घात हुन सक्ने, चोटपटक जस्ता कुराहरु हुन सक्छन् , आज विवादबाट सकेसम्म बच्ने प्रयास गर्नुहोला,

सिंह राशी: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन मध्यम रहने छ, मनमा प्रशन्नता, घरायसी सुख तथा आदर सत्कारमा सरीक भइने, धनलाभ वा धन सम्बन्धि सही ठाउँमा खर्च हुने, आरोग्य प्राप्ति हुने, मित्र तथा बन्धु सुख प्राप्त भइ शत्रुजनित पिडाबाट छुटकारा मिल्ने सम्भावना छ,

कन्या राशी: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

उत्साहमा कमी आउन सक्छ, व्यर्थको श्रम, गलत ठाउंमा धन खर्च हुने, बन्धुबान्धवमा वैमनस्यता बढने, मनमा विकार वा असन्तोष बढने, यात्रामा सावधानी र क्रोध माथि नियन्त्रण राखि विवाद र मmमेलाबाट बच्नु होला,

तुला राशी:  रा, रि, रु, रे, रो, ता, ति, तु, ते 

दिन राम्रो रहनेछ, भोग विलासमा वा रमाइलोमा समय बित्ने, आरोग्य प्राप्ति, पराक्रममा वृद्धि, हरेक कार्यमा भाग्यले साथ दिएको महसुस हुनेछ । धनखर्च गर्दा र खानपान गर्दा भने ध्यान दिनु पर्नेछ, कर्म क्षेत्रमा भने जिम्मेवारी लिएका कार्यहरु आज दोहोरयाएर चेक गर्नुहोला,

वृश्चिक राशी: तो, ना, नि, नु, ने, नो, या, यि, यु

अशान्त चित्तले ग्रसित हुनुपर्ने योग छ, खर्च बढने, नचिताएको मानसिक तथा शारिरिक कष्ट हुने, खानापानमा अरुची अथवा समस्या देखा पर्ने, कार्यस्थलमा हानी, नजीककाहरुले वा कुटुम्बहरुले भित्रभित्रै रिस गर्ने छन, मित्रहरुसँग सम्बन्ध विग्रने योग छ, सन्तान पक्षको ध्यान दिनुहोला,

धनु राशी: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

दिन राम्रो छ । प्रयास गरेको खन्डमा आर्थिक पक्ष बलियो बन्ने योग छ, व्यापारमा पर्याप्त लाभ, सन्तानपक्षबाट खुशी प्राप्त, विशेष रमझम र  खानपानमा सहभागी भइने, मित्र तथा बन्धुबान्धवहरु बिच रमाइलोमा समय बित्नेछ, स्वास्थय पक्ष राम्रो हुनेछ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन सक्नेछन । आफूले मान्नु पर्ने मान्छेहरुबाट फाइदा हुने योग चलेको छ ।

मकर राशी:  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

विशेष सुख दिने खालको दिन छ, आत्मविश्वास बढने, विगतमा गरेको कुनै कार्यको सही मूल्याकंन हुन सक्नेछ, ख्याति पाइने वा अरुले कदर गर्ने आरोग्यता प्राप्ति,  धन लाभको स्थिती बन्ने, मित्रहरुको सहयोग पाइने वा लाभ पाइने, गरेका कार्यहरुमा सफल भइने,  नयाँ कार्यको थालनी हुने अथवा गरिरहेको काममा थप नयाँ कार्य शुरु हुने खालको दिन छ । सरकारी वा सार्वजनिक पद धारण गर्नेहरुलाई बिशेष लाभ मिल्ने बलियो सम्भावना छ,

कुम्भ राशी: गु, गे, गो, सा, सि, सु, से, सो, दा 

विगतमा भए गरेका अरुको र आफनो गल्तीहरुलाई बिर्सेर संवाद गर्नुपर्ने समय आएको छ, समस्या निराकरण को लागि पुराना तिता स्मृतिहरुलाइ हटाएर अनौपचारिक संवाद र छलफल शुरु गर्नुभएमा तँपाइको सोचे अनुसार को उचाइ प्राप्त गर्न सक्नु हुन्छ, शिक्षा र प्रविधिको क्षेत्रमा लाग्ने हरुलाइ भने दिन उपलब्धिमुलक रहने छ,

मीन राशी: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 

समय सन्तोषजनक नहुन सक्छ । कष्ट, पीडा, धपेडी, कलह, झर्को लागिरहने, अत्यधिक खर्च, विश्वास गरेकाले धोका दिने, अरुबाट प्रताडित वा भयले ग्रसित हुनुपर्ने दिन छ, रोगव्याधिले च्याप्न सक्ने, अपच वा खानपानमा समस्या आउने, दाम्पत्य सुखमा कमी, विवाद वा झमेलाबाट आज टाढा रहनु पर्नेछ, यात्रा गर्दा सावधान रहुनुहोला । लगानी वा सापट लेनदेनको लागि आज दिन ठीक छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *