ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल स्वास्थ अनुसन्धान परिषद्ले गरेको अध्ययनले के भन्छ ? नेपालमा कोरोना संक्रमणको अवस्था वारे

काठमाडौं ,पुस २३ । नेपाल स्वास्थ अनुसन्धान परिषद्ले कोरोना संक्रमण बढ्दै गएपछि होम आइसोलेसनमा बसेका १ सय ३६ जना संक्रमितहरुको मानसिक एवम् शारीरिक स्वास्थ्य अवस्थाबारे एक अध्यायन गरेको थियो । जसमा सहभागिमध्ये ५९ दशमलव ३ प्रतिशत संक्रमितले भने घरेलु उपचार गुर्जाे र बेसार पानिको प्रयोग गरेको बताएका थिए ।

५ दशमलव ६ प्रतिशत संक्रमितले भने आयुवेर्दिक औषधीको प्रयोग गरेको पाइएको थियो । २९ दशमलव ६ प्रतिशत संक्रमितले आधुनिक उपचार गरेको अनुसन्धानमा पाइएको अनुसन्धानमा संलग्न डा अशोक पाण्डेले बताए ।

अध्ययनमा सहभागि भएका संक्रमितमध्ये ९५ दशमलव ९ प्रतिशत संक्रमितलाई परिवारले स्यारसुसार गरेको पाइएको थियो। भने ६५ दशमलव ९ प्रतिशतले आफुहरुलाई कुनै लक्षण नै नभएको बताएका थिए ।

सहभागी भएका संक्रमितहरुमा ज्वरो आउने , खोकी लाग्ने , चिसो महसुस हुने, कमजोरी हुने, स्वाद गन्ध थाहा नपाउने , टाउको दुख्नु ,मांसपेशी दुख्ने सास फेर्न गाह्रो हुने र छाति दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने र वाकवाकी लाग्ने भएको बताएका थिए ।

होम आइसोलेसनमा बस्दा ५२ दशमलव २ प्रतिशतले परिवारसँग पूर्ण रुपमा भौतिक दुरी कायम गरेको पाइयो भने , ३५ प्रतिशतले कहिलेकाही भौतिक दुरी कायम गरेका थिए भने १२ दशमलव ५ प्रतिशले दुरी कायम नगरेको पाइएको डा पाण्डेले बताए ।

५८ दशमलव २ प्रतिशतले होम आइसोलेसनमा बस्दा मानसिक अशान्ति भएको बताए । भने १० प्रतिशतले भने रोग लागे पछि आफुलाइ स्वीकार्न समस्या भएको बताए ।भने १ दशमलव २ प्रतिशतलाई भने होम आइसोलेसनमा बसेदा केहि न केही मानसिक समस्या भएको बताएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *