देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टि,४ जनाको मृत्यु

काठमाडौं ,पुस २३ । देशभर चौबीस घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार १ सय ३२ वटा नमुना परिक्षणमा गरिएको थियो ।जसमा काठमाडौं उपत्यकामा २ सय ५१ जना संक्रमित पुष्टि भएको छ । हालसम्म देशभर संक्रमित संख्या २ लाख ६३ हजार ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ९ सय ३ रहेको छ ।
गत चौबीस घण्टामा ४ सय ८३ जना कोरोनामुक्त भएका छन् ।हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ५६ हजार ६ सय ४४ रहेको छ । हालसम्म संक्रमण मुक्त हुने प्रतिशत ९७ दशमलव ४ रहेको छ ।
देशभर क्वारेन्टिनमा ३ सय ४२ जना र संक्रीय संक्रमित संख्या ५ हजार ५८ जना रहेको छ ।
देशभरका अस्पतालहरुमा आसियुमा उपचारत १ सय ८४ जना र भेन्टिलेटरमा ३२ जना रहेका छन्।